२०८१ माघ १२
Dinanka News header advertisement

कोरोना पिडितलाई अस्ट्रेलियाबाट रावलले गरे आर्थिक सहयोग

टीकापुर, २३ चैत्र । उच्च शिक्षा अध्ययनको सिलसिलामा अष्ट्रेलियाको मेलबर्नमा रहेका कैलाली टीकापुरका हिरण्य रावलले कोरोना पिडितको राहतकालागि एकाउन्न हजार रुपैया सहयोग उपलब्ध गराएका छन ।

 टीकापुर नगरपालिकाद्वारा स्थापना गरिएको नोवेल कोरोना भाइरस COVID-19 राहत बितरण तथा रोकथामका लागी ”आकस्मिक कोष”मा जम्मा हुनेगरी रावलले उक्त रकम आइतबार उपलब्ध गराएको टीकापुर नगरपालिकाले जनाएको छ ।

रावलले पठाएको उक्त सहयोग राशी उनकी भान्जी गीता कुवरले  नगर प्रमुख तपेन्द्र बहादुर रावललाई हस्तान्तरण गरेकी थिइन।

कोरोनाका कारण उत्पन्न महासंकटमा आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्न विश्वभर छरिएर रहेका नेपालीहरुलाई रावलले आग्रह पनि गरेका छन ।  

कोरोना महामारीका कारण अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई रोजीरोटीको संकट भएका बेला मनकारी हिरण्य रावलले गरेको यो सहयोगप्रति टीकापुर नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।

TOP