२०८० चैत्र १५
Dinanka News header advertisement

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

अमेरिका १३ चैत्र । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा हजार नाघेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार संक्रमितको संख्या ६८ हजार चार सय ८९ पुगेको छ । 

कोरोना भाइरसको संक्रमणलाई रोक्न अमेरिकाका धेरैजसो राज्यमा मानिसको आवतजावतलाई नियन्त्रण गर्दै लकडाउन गरिएको छ । अमेरिकामा सबैभन्दा धेरै जनसंख्या रहेको न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित छ । यहाँ ३० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने तीन सयको हाराहारीमा मानिसको मृत्यु भएको छ ।

न्युयोर्कमा इटाली र स्पेनको जस्तै परिस्थिति उत्पन्न हुन लागेको भन्दै न्युयोर्कका स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । वासिंगनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमण रोक्न अमेरिकी नागरिकलाई कम्तीमा १५ दिनसम्म निश्चित दूरी बनाएर रहन आग्रह गरेका छन् । उनले मानिसलाई घरभित्रै बस्न तथा बार, रेस्टुरेन्ट र नाइट क्लब बन्द गर्न भनेका छन् । एजेन्सीको सहयोगमा

TOP