२०८० चैत्र १६
Dinanka News header advertisement

काठमाण्डौमा भेटियो कोरोना भाइसर पोजेटिभको बिरामी

काठमाण्डौ, १० चैत ।  काठमाण्डौमा एक जना युवतीमा काेरोना भाइरस पोजेटिभ देखिएको छ ।

फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएकी ती युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन्  ।


उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको  हो । यो घटना आधिकारिक रुपमा नेपालका लागि पहिलो भएको बताइएको छ ।


    चैत ७ गते  नेपाल आएकी १९ वर्षीया ती युवतीमा चैत ९ गते कोरोना संक्रमण पोजिटिभ भएको पुष्टि भएको छ।

घरमा आईसोलेशनमा बसेकी  उनलाई अहिले उपचारका लागि टेकु अस्पतालमा भर्ना गरी आईसोलेशनमा राखिएको छ भने उनका परिवारका सदस्यहरूको कोरोना परीक्षण गरिदै छ।

उनीसंगसंगै जहाजमा यात्रा गरेकाहरूको पनि खोजी हुँदै गरेको स्वास्थ्य मन्त्री  भानुभक्त ढकालले २०७६ चैत १० गते दिउँसो स्वास्थ्य मन्त्रालयमा आयोजित  पत्रकार सम्मेलनमा  बताए।  

TOP