२०८१ बैशाख ६
Dinanka News header advertisement

कैलालीमा विष्फोट, एक जनाको मृत्यु

सांकेतिक फोटो

धनगढी ९ चैत्र । कैलालीको गोदावरीमा विष्फोट हुदा आइतबार दिउसो एक जनाको मुत्यु भएको छ ।

विष्फोटमा परी मृत्यु हुनेमा गाेदावरी नगरपालिका–४ फुलबस्तीका ४० बर्षीय नरबहादुर बिक रहेको प्रहरीले जनाएको छ ।

जंगलमा भेटिएको धातु जस्तो वस्तु आगोमा पोल्दा उक्त वस्तु विष्फोट भई बिकको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्टले बताए।

TOP