२०८० चैत्र १५
Dinanka News header advertisement

नेपाल -भारत सिमा नाका बन्द हुन सक्ने !

सांकेतिक फोटो

काठमाण्डौ ९ चैत्र । कोरोना भाइसरको संक्रमण रोक्न सरकारले भारतसँगका सीमा नाका बन्द गर्ने विषयमा छलफल थालेको छ।

खुला सिमानाका कारण काेरोना भाइरस नेपाल भित्रिन सक्ने खतरा बढेसगैं सरकारले सिमा नाका बन्द गर्न तर्फ पहल गर्न थालेको हो ।

सरकारका मन्त्रीहरुको आइतबार सिंहदरबारमा बसेकाे बैठकले यस बारेमा छलफल गरेको छ । छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख लगायत उच्च पदस्थ सरकारी अधिकारीहरुको सहभागिता छ।

छलफलमा भएका कुरालाई मन्त्रीपरिषदको बैठकमा पेश गरेर निर्णय लिइने बताइएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणका बिरामी भेटिएको पुष्टि नभएपनि सम्भावित खतरालाई ध्यानमा राख्दै सरकारले सजगता अपनाउन नेपाल -भारत सिमा नाकाहरु केही दिनका लािग बन्द गर्न सकिने बताएको छ ।

TOP