२०८० चैत्र १६
Dinanka News header advertisement

पूर्वमन्त्री बास्कोटाको घरमा विष्फोट गराउने तीन जना पक्राउ

फाइल फोटो

भक्तपुर, ७ चैत्र । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराउने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरीले बिहीबार साँझ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाली स्थायी ठेगाना भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक बहादुर लोहार रहेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री बास्काेटाकाे घरमा गत फागुन २८ गते प्रेसर कुकर बम विस्फोट गराइएको थियो । पक्राउ परेका सबै जना विप्लव नेतृत्वको नेकपाका कार्यकता रहेको आशंका गरिएको छ ।

TOP