कैलाली ५ चैत्र । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने माथि कुटपिट भएको छ ।
वडा नम्बर ३ को व्यवस्थिनगरमा बुधवार स्वास्थ्य क्लिनिक भवनको निमार्णको लागी काम गरिरहेको बेला सोही गाँउका छविलाल जैशीले चलाउनेलाई कुटपिट गरेको हो ।
भवन निमार्णको लागि निमार्णस्थलमा नापनक्सा गर्ने क्रममा जैशीले नाप्न प्रयोग गरीने फिता र जमिनमा गाढिएका किला उखालेर फाल्न थालेपछि आफुले किन त्यस्तो गरेको भनेर सोध्दै गर्दा उल्टै आफुमाथि अपशब्द प्रयोग गर्दै जैशी आक्रमणमा उत्रिएको अध्यक्ष चलाउनेले बताए ।
चलाउने माथि कुटपिट गर्ने जैशीलाई प्रहरीले हालसम्म पनि पक्राउ नगरेको स्थानियले बताएका छन ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख ज्ञानेन्द्र चन्दले भने वडा अध्यक्ष चलाउनेलाई कुटपिट गर्ने व्यक्तिकाे खाेजी भइरहेको बताएका छन ।
चलाउनेलाई कुटपिट गर्ने जैशी लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईका निकट भएकाले मेयर बजगाइले जैशीलाई जाेगाउन प्रहरीलाई दबाव दिएकाे स्थानियले आरोप लगाएका छन । चलाउने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन ।