२०८१ बैशाख ७
Dinanka News header advertisement

भारतमा कोरोनाबाट ३ जनाको मृत्यु , १२८ संक्रमित

काठमाडौं, ४ चैत ।  छिमेकी मुलक भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार मृत्यु हुने तेस्रो व्यक्ति मुम्बईको ६४ बर्षिय भएको जनाएको छ । उनको मुम्बईस्थित कस्तुरबा अस्पतालमा मृत्यु भएको हो । मुम्बईमा भने कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो

यस अघि कोरोनाका कारण भारतको कर्नाटका र नयाँ दिल्लीमा एक एक जना गरि दुई जनाको मृत्यु भएको थियो । कर्नाटकामा ७६ बर्षिय र दिल्लीमा ६८ बर्षिय महिलाको मृत्यु भएको थियो ।भारतमा अहिलेसम्म १२८ जना कोरोनाबाट संक्रमित छन् ।

TOP